कक्षा ११ नियमित समूह २०७६ को वार्षिक परीक्षाको नतिजा प्रकाशन र ग्रेडवृद्धि परीक्षा सम्बन्धी सूचना

मिति २०७७ मंसिर १८ गतेदेखि मंसिर २३ गतेसम्म् सञ्चालित कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशित भएको सम्पूर्ण विद्यार्थीहरुमा सूचित गरिन्छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार कक्षा १२ को बोर्ड परीक्षामा सामेल हुन प्रत्येक विषयको सैद्धान्तिक तर्फ डी प्लस D+ र प्रयोगात्मकतर्फ सी C+ आउनुपर्ने भएकोले कक्षा १२ को बोर्ड परीक्षामा सामेल हुन तोकिएको ग्रेड प्राप्त नभएका विद्यार्थीहरुको लागि ग्रेडवृद्धि परीक्षा मिति २०७७ पुष १९ गतेदेखि विद्यालयमा नै सञ्चालन हुने भएकोले देहाय अनुसार शुल्क तिरी अनिवार्य परीक्षामा सहभागी हुन सूचित गरिन्छ ।

परीक्षा शुल्क
१ विषयको लागि रु १००।–
२ विषयको लागि रु १५०।–
३ विषयको लागि रु २००।–
३ भन्दा बढि विषयको लागि रु ३००।–

कृष्ण प्रसाद धन्छा
प्रधानाध्यापक

This Post Has One Comment

  1. Sujan khulal

    What about c.nepali &c.english subjects result?

Leave a Reply